मनाङको थानचोक तिमाङमा बिजुली बल्ने भयो

<span class='c1'>मनाङको थानचोक तिमाङमा</span> <span class='c2'>बिजुली बल्ने भयो</span>

मनाङ । गत वर्षायाममा मनाङ जिल्लामा भएको वर्षा र मौसमी प्रकोपका कारण स्थानीयवासीले निकै ठूलो क्षति बेहोर्नु परेको छ ।

धेरैको घरबास नै बगाएको थियो भने सार्वजनिक संरचनालगायत बाटोघाटोमा पनि ठूलो क्षति पुगेको थियो । पुनःनिर्माणका काममा आफ्नो क्षमता र पहुँचले भ्याएसम्म नेता लागिपरेका थिए ।

विपत्का घडीमा सबै एकजुट भएमा जिल्लावासीको हितका लागि काम गर्नुपर्ने रहेछ भन्ने भावनाका साथ काम गरेकाले कसैले बाटो खुलाउनेलाई प्राथमिकता दिए भने कसैले राहत वितरण र पुनःनिर्माणमा केन्द्रित भए । राहत र पुनःनिर्माणका क्रममा चामे गाउँपालिका–१ तिमाङस्थित विद्युत्गृह बाढीले बगाएको हुनाले वडा १ र २ का बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । अन्धकार हटाउन यहाँका विभिन्न राजनीतिक दल नेता लागिपर्नु भएको छ ।

तत्कालका लागि सोलार युनिट वितरण गरिए पनि आजको विद्युतीय मागको क्षमता र उपकरणलाई पर्याप्त नहुँदा समस्या थियो । स्थानीयवासीले राखेको माग र प्रष्ट देखिएको आवश्यकतालाई बुझी पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र मनाङ जिल्ला समन्वय समितिका सभापति तथा उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद घलेको विशेष पहलमा गृह मन्त्रालय र ऊर्जा मन्त्रालयको निर्देशनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत स्याल्क्युखोला विद्युत् आयोजनालाई सहयोग प्राप्त भएको छ । उक्त विद्युत्गृह र आवश्यक संरचनाको मर्मत तथा निर्माणका लागि रु एक करोडभन्दा बढी बजेट विनियोजन भएको बताइएको छ ।

गएको वर्षामा बाढी र पहिराका कारण समस्यामा परेको मनाङका कतिपय स्थानमा अहिले पनि बाटोघाटो बन्न सकेको छैन भने कतै बिजुली र अरु संरचना पनि निर्माण हुन सकेको छैन । तर चामे–१ तिमाङस्थित विद्युतगृह बाढीले बगाएको बिजुली बल्ने भएपछि भने अन्धकारमा बस्न बाध्य भएका बासिन्दा खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्