सवारी दुर्घटनामा २ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनामा २</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लावारी नगरपालिका वडा ७ मा बुधवार राती करिब ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र विपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा बी एन सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका वडा ३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुबै घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्