राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

कर्णाली । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन हुनुभएको छ ।

कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा सिर्जना ओली (रुकुमपश्चिम), सचिवमा प्रकाश खड्का (रुकुमपश्चिम) र कोषध्यक्षमा टासी टोपगेल तामाङ (मुगु), चयन हुनुभएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । त्यस्तै, सदस्यमा भूपालनाथ योगी (कालीकोट), रमित रावत (रुकुमपश्चिम), सोनाम आचार्य (चितवन), विपना खड्का मगर (रुकुमपश्चिम), सुरेन्द्र पुन मगर (जाजरकोट), टोपेन्द्र गिरी (दाङ) र धर्मेन्द्र बुढ्थापा (जुम्ला) चयन हुनुभएको उहाँले बताउनुभयो ।

नवगठित प्रदेश कार्यसमितिका अध्यक्ष देवकोटाले मूलतः जलवायु परिवर्तनसम्बन्धी कार्य गरी जैविक विविधता संरक्षण गर्ने र वन विज्ञानको शैक्षिक गुणस्तर कायम गरेर वन स्रोतबाट आर्थिक समृद्धि हासिल गर्दै सो क्षेत्रमा रोजगारी सिर्जना गर्ने आगामी योजना रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्