माघीमा तीन दिन सार्वजनिक बिदाको माग

<span class='c1'>माघीमा तीन दिन</span> <span class='c2'>सार्वजनिक बिदाको माग</span>

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । “बुधबार नगरप्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भन्नुभयो, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।”

नगरप्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास छ । थारु समुदायले माघीपर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्