नेपाल आदिवासी जनजाति पत्रकार महासंघको प्रदेश १ अध्यक्षमा लामा

<span class='c1'>नेपाल आदिवासी जनजाति पत्रकार महासंघको</span> <span class='c2'>प्रदेश १ अध्यक्षमा लामा</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् ।

मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्मत रुपमा महासंघको प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति टुंगो लगाएको छ । समितिको उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा वसन्त पालुङ्वा, मोहन तामाङ, सन्दिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, सर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल, खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।

यस्तै महासंघको लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहरुमा दीपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे तथा विजयकुमार राई निर्वाचित भएका छन् । मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ वटै जिल्लाबाट १०० बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ समेत पारित गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किराँत’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्