आवर विराटनगरकर्मी देवान फोनिजको प्रदेश कोषाध्यक्षमा निर्वाचित

<span class='c1'>आवर विराटनगरकर्मी देवान फोनिजको</span> <span class='c2'>प्रदेश कोषाध्यक्षमा निर्वाचित</span>

विराटनगर । आवर विराटनगरकर्मी प्रेम देवान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट पत्रकार देवान कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी विगत १ दशकदेखि मोरङको विराटनगरलाई केन्द्र बनाएर सक्रिय पत्रकारिता गर्दै आईरहेका पत्रकार हुन् । हाल आवर विराटनगर डटनेटको निर्देशक र वरिष्ठ संवाददाताको रुपमा कार्यरत उनी नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेश परिषद सदस्य समेत हुन् ।

बिहीबार सम्पन्न महाधिवेशनले पत्रकार देवान सहित सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति टुंगो लगाएको छ । समितिको उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई तथा सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा वसन्त पालुङ्वा, मोहन तामाङ, सन्दिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, सर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल, खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्