प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि पुस २६ गते पीसीआर गर्दासमेत प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको थियो ।

कन्ट्याक ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेसनमा बस्नुभएको थियो । दोस्रो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँ चिकित्सकको सल्लाह अनुसार नियमित काममा फर्किनुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेतामा संक्रमण पुष्टि भएपछि उहाँ कन्ट्याक ट्रेसिङमा पर्नुभएको थियो । उक्त बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी शीर्ष नेतालाई अघिल्लो शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बस्नु भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्