गाँजा र चरेस सहित २ जना पक्राउ

गाँजा र चरेस सहित २ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाउँपालिका वडा २ बस्ने ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।
शुक्रबार बिहान करिब ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्