सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाउँपालिका वडा १ बस्ने २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका वडा ३ बस्ने २१ बर्षीय नविन बि.क. रहेका छन् । शुक्रबार बिहान करिब ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा ट्रिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गई कानुनी प्रकृया पुरा गरि लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्