३ नाल भरुवा बन्दुक सहित पक्राउ

३ नाल भरुवा बन्दुक सहित पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा ५ बस्ने ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् ।

शुक्रबार बिहान करिब १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३ नाल, बारुद-२ डब्बा, गोली-१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्