नेकपा(एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गर्नुभएको हो । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाउनुभएको थियो ।
उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी हुनुभएको नेकपा(एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिनुभयो ।