कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरुलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु । जय नेपाल !’

उनले पछिल्‍लो समय आफू निकट भएका मानिसहरुलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्