लागुऔषध गाँजा सहित ३ जना भारतीय नागरीक पक्राउ

लागुऔषध गाँजा सहित ३ जना भारतीय नागरीक पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाँपालिका वडा ५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको कटहरिया वडा १० बस्ने २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया वडा १९ बस्ने ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्