दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

विराटनगर । मोरङको टंकीसिनवारी–१ मा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते बेलुकी पसलमा काम गरिरहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिका र आफन्तको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबाआमा सामान्य किसिमको जनरल स्टोर पसल संचालन गर्दै आएका छन् । उक्त दिन बालिका बुबाआमा नभएको मौका छोपी शौचालय गएको बेला शिव कोईरालाले जबरजस्ती बलात्कारको प्रयास गरेको बालिकाले आवर विराटनगरलाई सुनाईन् ।
पीडित बालिकाले भनिन् ‘म शौचालय गएको थिए, पछिपछि अकंल आउनुभयो मेरो शरिरहरुमा जबरजस्ती हात हाल्ने, अनुहारमा माया गरेजस्तो जबरजस्ती गर्नुभयो ।’ त्यसपछि म आत्तिदै दोकान तिर आएँ । बालिकाले उत्त कुरा राती आमाबुबालाई सुनाएकी थिईन् । घटनाबारे होहोल्ला भएपछि कोईराला राती नै फरार भएका थिए ।

तर माघ १ गते राती स्थानीय र आफन्तले एकआपसमा सरसल्लाहा गर्न बोलाएपछि उनलाई राती पक्रेर राखेका थिए । शनिबार राती ती पक्राउ परेका कोईरालाले पीडित बालिकाका बुबालाई अबदेखी यस्तो गल्ती गर्दिन भन्दै माफी माग्दै खुट्टा समेत ढोगेको स्थानीयले बताएका छन् ।
बलात्कार जस्तो गम्भिर विषय भएकाले स्थानीय र आफन्त आईतबार विहान छलफलमा बस्दा महिलाहरुले कोईराला माथी हातपात समेत गरेका थिए । आक्रोसित महिलाहरुको कुटपिटबाट काईरालाको टाउको सामान्य चोट समेत लागेको छ ।

त्यसपछि तत्काल जिल्ला प्रहरी कार्यलयमा खबर गरी कोईरालालाई पक्राउ गराउन लगाएका थिए । आईतबार दिउँसो कोईराला विरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङका अनुसार कोइराला विरुद्ध किटानी जाहेरी परिसकेको छ । सोमबार म्याद थप गरी अनुसन्धान अगाडी बढाईने छ । कोइराला हाल जिल्ला प्रहरी कार्यलय मोरङको नियन्त्रण्मा रहेका छन् ।

कोईराल प्रायः जनरल स्टोर नजिकै रहेको चियापसलमा चिया खान जाने र यस अघि पनि सोही बालिका माथी यौनदुर्यचार गरेको पीडितका आफन्तले बताएका छन् । कोईराला टंकीसिनवारीका स्थानिय नेता तथा कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्