हतियारसहित एक युवक पक्राउ

हतियारसहित एक युवक पक्राउ

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित महतोलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

चिसोका कारण कठ्याङ्ग्रिएर महिला मृत्यु

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको गोलबजार–३ मा आज एक महिलाको मृत्यु भएको छ । केही दिनदेखि गोलबजार नगर क्षेत्रमा मागि खाँदै आएकी ५० वर्षीया महिलाको शव गोलबजार नगरपालिका–३ नमुना दलित बस्ती नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण महिलाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । यता प्रहरीले महिलाको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि चिसोका कारण सिरहा, सप्तरी र धनुषामा एक–एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्