सांसद भण्डारीलाई कोरोना पुष्टि

सांसद भण्डारीलाई कोरोना पुष्टि

बैतडीबाट निर्वाचन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा सांसद भण्डारीलाई कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका भण्डारी यसअघि गत हप्ता प्रदेशका विभिन्न जिल्लाका पार्टीका अधिवेशन र निर्वाचित नेतृत्वको शपथग्रहण समारोहमा उपस्थित हुनुभएको थियो । विभिन्न कार्यक्रम र भीडभाडमा सहभागी भएपछि आज बिहान अस्वस्थ महसुस गरेपछि सांसद भण्डारीले कोरोना परीक्षण गर्नुभएको स्वकीय सचिव भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँलाई ज्वरो, रुघाखोकी देखिएको र अवस्था गाह्रो छैन । अहिले होमआइसोलेशनमा बसिरहनुभएको छ ।”

भण्डारीले उहाँको सम्पर्कमा रहनुभएका सम्पूर्णलाई स्वास्थ्य परीक्षण गराउन र सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्