जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ ।
सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएकाे हाे ।
सभामुख सराेज यादवले मतदान प्रक्रियापछि आएकाे परिणामअनुसार प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम कायम भएकाे बताए । उनका अनुसार प्रदेश सभामा कुल ९९ प्रदेश सभा सदस्य उपस्थित भएकाेमा जनकपुरधाम राजधानीकाे पक्षमा ७८ जनाले र विपक्षमा २० जनाले मतदान गरेका छन् ।
प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।