प्रदेश २ को नाम मधेश प्रदेश

<span class='c1'>प्रदेश २ को</span> <span class='c2'>नाम मधेश प्रदेश</span>

जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो ।

प्रदेशसभाको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन् । मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । यस अगाडी बसेको पहिलो बैठकले प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव पारित गरेको थियो ।

प्रदेशसभा सदस्यहरू खुसी

लामो समयको संवाद र बहसपछि प्रदेशको नाम र राजधानी टुङ्गो लागेपछि प्रदेशसभा सदस्यहरूले खुसियाली मनाएका छन् । प्रदेशसभामा प्रदेशको नाम र राजधानीको घोषणा गरिरहँदा बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरूले बैठक हलमै खुसियाली मनाएका हुन् । प्रदेशसभा सदस्यहरूले बैठक हलभित्रै खुसियालीमा नाराबाजीसमेत गरेका छन् । आफूले पाएको महत्वपूर्ण जिम्मेवारी पूरा भएकामा हर्षित बनेका प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि मधेस र मधेसी जनताको पक्षमा निर्णय आएको भन्दै एक–अर्कालाई बधाईसमेत ज्ञापन गरेका छन् ।

“प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसक्दा चारैतिर हाम्रो आलोचना भइरहेको थियो,” प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, “आज त्यो अभिभारा पूरा भएकामा खुसी लागेको छ, आज मधेस आन्दोलनको भावना, मधेसीको चाहनाअनुसारको उपलब्धि हासिल भएको महसुस गरेका छौँ ।” यो दुवै प्रस्ताव पारित गर्न सहयोग गर्ने सबै प्रदेशसभा सदस्यहरूलाई उहाँले धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

खुसियालीमा दीपप्रज्वलन

प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश भएको खुसियालीमा आज साँझ जनकपुरधामसहित प्रदेश २ को आठवटै जिल्लामा दीप प्रज्वलन गर्ने तयारी भएको छ । जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन गर्ने तयारी भएको छ । चार वर्षपछि भए पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाएकामा खुसी भएका स्थानीयवासीले समेत घरघरमा दीपावली गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्