नगर अस्पताल शिलान्यास

नगर अस्पताल शिलान्यास

लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकामा १५ शय्याको नगर अस्पताल निर्माण अघि बढेको छ । नगर अस्पताल भवनको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आज एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।

बागलुङ नगरपालिकाले पैँयुपाटामा नगर अस्पताल निर्माणका लागि लामो समय प्रयास पहल र जग्गा व्यवस्थापन गरे पनि नेपालका सबै पालिकामा नगर अस्पताल शिलान्यास गर्ने समयमा बजेट निकास बागलुङ नगरपालिकाको मूलपानीमा भएपछि विवाद भएपछि उक्त समयमा भवन निर्माण अघि बढेको थिएन । बागलुङ नगरपालिका–१३ पैँयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालको नामाकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माण सुरु गरेको हो ।

“सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य रहेको थियो, त्यसबेला जिल्लाका अन्य पालिकामा अस्पताल निर्माणको थालनी भयो, हाम्रोमा स्थानमा फरक प¥यो जग्गा व्यवस्थापन पँैयुपाटामा भएका कारण त्यही अस्पताल बनाउन पहल भएपछि त्यही स्थानका लागि बजेट विनियोजन भएर आयो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “अस्पताल भवन निर्माण गर्दैै जाने नगर अस्पतालले सेवा पनि दिँदै जाने गरी पँैयुपाटा स्वास्थ्य चौकीलाई अस्पतालको नामाकरण गरिसकेका छौँ, डाक्टर ल्याउन बजेटसमेत छ, पहल भइरहेको छ ।”

अस्पताल भवन निर्माण गर्न महालक्ष्मी जुगल जेभीसँग २०७८ साल असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । रु २४ करोडको डिपिआर गरेको अस्पतालको अहिले मुख्य भवन निर्माण गर्न थालिएको छ ।

अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचना भने यसै ठेक्कामा बन्ने इन्जिनियर शर्माको भनाइ छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थानका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने बागलुङ नगरपालिका–१३ पैँयुपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष पौडेलका अनुसार स्थानीयवासीको रु नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको छ । अस्पताल निर्माण गर्न स्थानीय पालिकाले नौ रोपनी जग्गा व्यवस्थापन गर्ने प्रावधानअनुसार जग्गा व्यवस्थापन भएको थियो । ठेक्का सम्झौता अवधिभित्रै नगर अस्पतालको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि रबिन महर्जनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्