नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ

<span class='c1'>नेपालीले बुद्ध जन्मेको देशमा</span> <span class='c2'>जन्मिएको भनेर गर्व गर्नुपर्छ</span>

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताउनुभएको छ । आज यहाँ कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“बुद्ध धर्मको मर्मलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुनर्निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । बुद्धको दर्शनलाई प्रवद्र्धन गर्न यो सरकारका तर्फबाट लगानी हो,” शाक्यले भन्नुभयो, “बुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।”

बहालभित्र करिब तीन हजार ५०० वर्गफिट क्षेत्रफलमा साढे तीनतले भवन निर्माण हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले करिब रु.७६ लाख अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको पाँच प्रतिशत सहभागिता रहनेछ ।

कार्यक्रममा शाक्यधिताका पदाधिकारीहरुले महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए । उहाँहरूले महानगरले सरकार भएको अनुभूति दिएको छ भन्दै प्राप्त सहयोगलाई उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पारिने बताउनुभयो । “बुद्ध दर्शनको प्रवद्र्धन घटेका बेला यस बहालबाट प्रवद्र्धनका योजना गरिन्थे । प्रचारप्रसार र प्रवद्र्धनका काम हुन्थे”, बहालमा रहनुभएका गुरुमाहरु इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउँदै भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्