लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित २</span> <span class='c2'>जना पक्राउ</span>

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उर्लावारी नगरपालिका वडा ३ बस्ने ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन । प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो ।

प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्