थापामाथिको आक्रमणप्रति कांग्रेसको भत्र्सना

थापामाथिको आक्रमणप्रति कांग्रेसको भत्र्सना

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ का लेखबहादुर थापामाथि राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको भन्दै नेपाली कांग्रेस बागलुङ र नेपाल तरुण दल बागलुङले भत्र्सना गरेको छ ।

कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्माले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपाल तरुण दल जैमिनीका अध्यक्ष एवं कांग्रेस गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका थापामाथि यही माघ २ गते कुश्मीसेरा बजारमा दिन दहाडै साङ्घातिक आक्रमण गरी मरणासन्न अवस्थामा पु¥याएको भन्दै उक्त घटनाको घोर भत्र्सना गरेका हुन् ।

“दिन दहाडै कुश्मीसेरा बजारमा लेखबहादुर थापामाथि भएको आक्रमणले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त आततायी घटनाको कांग्रेस बागलुङ घोर निन्दा र भत्र्सना गर्दछ”, सभापति शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजमो कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको भन्दै कांग्रेसले उक्त निन्दनीय घटनामा संलग्न अपराधीलाई यथाशीघ्र कानूनी कारबाही बढाउन माग गरेको छ । यसैबीच नेपाल तरुण दल बागलुङका अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा पनि घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्