विकास निर्माण सम्बन्धी समाचार प्राथमिकता दिन आग्रह

<span class='c1'>विकास निर्माण सम्बन्धी समाचार</span> <span class='c2'>प्राथमिकता दिन आग्रह</span>

जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई नागरिकसम्म पु¥याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले गाउँ समाजका लागि धेरै राम्रा काम गरिरहेको बताउँदै त्यस्ता कार्यको अनुगमन गरी यथार्थ विवरणको समाचार आम नागरिकसम्म पु¥याई दिन सञ्चारकमीहर्रुलाई आग्रह गर्नुभएको हो ।

रसुवा जिल्लाको पाँच गाउँपालिकामध्ये तीन स्थानको नेतृत्व तहमा आफ्ना दलका जनप्रतिनिधि रहेको जानकारी दिँदै उहाँले स्थानीय तहमार्फत भएका राम्रा नराम्रा कामको समाचार सम्प्रेषणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

स्थलगत अध्ययन गरी विकास निर्माणलगायत विषयमा सञ्चार क्षेत्रबाट सत्यतथ्य समाचार सम्प्रेषण हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै नेता आचार्यले जनताको भावनालाई आत्मसात् गरेर विकास निर्माणदेखि गाउँ समाजको टड्कारो आवश्यकता परिपूर्ति गर्ने खालका गतिविधिलाई स्थानीय तहले प्राथमिकताका आधारमा काम गरिरहेको बताउनुभयो ।

अधिकांश समाचार राजनैतिक विषयवस्तुले मात्र बढी प्राथमिकता पाइरहेको अवस्थामा विकास निर्माणका विषयमा ध्यान केन्द्रित गराउन उहाँले पत्रकारहरूलाई यस्तो सुझाव दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्