दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा

<span class='c1'>दुर्घटना गराई फरार</span> <span class='c2'>रहेका चालक नियन्त्रणमा</span>

काठमाडौँको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ ।

प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाई–छिपाई राखेको अवस्थामा ना१क ४५०२ नंको टिप्परसहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्