कोभिडको असर मजदुरलाई देखिएपछि पूर्वका उद्योगले उत्पादन कटौती गर्दै

कोभिडको असर मजदुरलाई देखिएपछि पूर्वका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत मजदुरलाई कोरोना संक्रमण देखिन थालेसँगै उद्योगीहरुले उतपादन कटौती सुरु गरेका छन् । कोभिडका कारण बजारमा चहलपहल र माग कम हुँदै गएको बेला मजदुरमा समेत समस्या देखिएपछि उतपादन कटौती सुरु गरिएको हो ।

उद्योग सङ्गठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले अहिले दश प्रतिशत मजदुर कुनै न कुनै स्वास्थ्य समस्या देखाएर आउन छोडेको बताउनुभयो । त्यसले उद्योगको उत्पादन कटौती गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनाश बोहराले पनि मजदुरमा कोभिडको प्रभाव बढ्दै गएकोले त्यसको असर उत्पादनमा पर्ने बताउनुभयो । कार्यरत मजदुरको स्वास्थ्य सुरक्षाको विधि औद्योगिक परिसरमा अपनाउँदा समेत कोरोनाको प्रभावबाट मजदुर अछुतो रहन नसकेकोले उत्पादनमा असर पर्ने देखिएको दावी गर्नुभयो ।

बजारमा चहलपहल घट्दै जाँदा व्यापारमा समेत त्यसको प्रत्यक्ष असर देखिएको छ । होटलमा पाहुनाको संख्या न्यून हुँदै गएका छन् । सरकारले २५ जनाभन्दा बढीलाई भेला नहुन आग्रह गरेको छ ।
उद्योगका हरेक उत्पादनमा क्रमशः प्रभाव पर्दै गएपछि उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आएको अर्का उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको भनाई छ । उहाँले उद्योग परिसरलाई सुरक्षित बनाउँदा समेत मजदुरमा समस्या देखिदैं गएको बताउनुभयो । प्रशासनिक फाँटमा कार्यरत कर्मचारी समेत उतिकै प्रभावित भएको उद्योगी राउतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्