ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका वडा ३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैँअनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका वडा १ बस्ने ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह-चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्