युवतीको शव फेला

<span class='c1'>युवतीको शव</span> <span class='c2'>फेला</span>

जनकपुर । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्