प्रतिबन्धित जडीबुटी बरामद

<span class='c1'>प्रतिबन्धित जडीबुटी</span> <span class='c2'>बरामद</span>

भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही टे«डर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई फरार अभियुक्त पक्राउ

प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा विगत छ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीका अनुसार जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा विसं २०७२ माघ २४ गते फैसला भई तत्काल जनही रु.पाँच हजार जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्