करेन्ट लागि १ जनाको मृत्यु

करेन्ट लागि १ जनाको मृत्यु

रतुवामाई । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिकावडा ७ बस्ने २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । बिहिबार बेलुकी करिब ६ बजे रतुवामाई वडा ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएको थियो । उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्