२४ घण्टामा कोरोनाले बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु

<span class='c1'>२४ घण्टामा कोरोनाले बिपी</span> <span class='c2'>प्रतिष्ठानमा तीन जनाको मृत्यु</span>

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएका लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । आन्द्रामा समस्या भएका उहाँको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११: ३५ बजे मृत्यु भएको हो । यस्तै महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ ।

माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्