विराटनगर माघ ९ , झापाको गौरादहमा २५ सैयाको मेडिम्याक्स अस्पताल संचालनमा आएको केहि महिना मै स्वास्थ्य सेवामा फड्को मार्न सफल भएको छ ।
करिब ३ करोडको लगानिमा संचालनमा आएको सो अस्पताल संचालनमा आएपछि उपचारका लागि गौरादह लगायत आसपासका क्षेत्रका बिरामीले दमक, विर्तामोड, धरान र विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पताल संचालक डा. तिलक खनालले बताए।
अस्पतालमा अहिले दैनिक निशुल्क विशेषज्ञ (फिजिसियन) ओपिडि सेवा, २४ घण्टा मेडिकल अफिसर सहितको ईमरजेनेसी सेवा (ईमरजेन्सी कन्सल्ट्यान्ट सहित), अत्याधुनिक ल्याबमा सबै प्रकारका टेस्टहरू, हाड तथा नशा रोग विशेषज्ञ डा नविन कुमार सिंहको सेवा, दुरविन प्रविधिबाट सबै प्रकारका सर्जरी, दैनिक भिडियो एक्सरे, ईको ,ईन्डोस्कोपी, दैनिक बाल तथा नवजात रोग विशेषज्ञ डा सुनिल अधिकारीको सेवा ,छाला तथा यौन रोग विशेषज्ञ डा.गुरू पौडेलको सेवा, मानसिक रोग विशेषज्ञ डा आभाष निरौलाको सेवा संचालनमा रहेको छ ।
दैनिक ओपिडी सेवाको लागि आउने बिमारीको चाप बढ्दै आएको डा। खनालले बताए । आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा उपलब्द गराउदै लगिने पनि खनालले जानकारी दिए । अस्पतालले बिभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको छ ।