पाल्पा जिप्रकामा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द

<span class='c1'>पाल्पा जिप्रकामा अत्यावश्यकबाहेकका</span> <span class='c2'>अन्य सेवा बन्द</span>

पाल्पा । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्