श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

<span class='c1'>श्रीमतीको हत्या आरोपमा</span> <span class='c2'>श्रीमान पक्राउ</span>

धनकुटा । धनकुटा नगरपालिका वडा ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन ।

गत पौष १६ गते बेलुका करिब ५ बजे देखि धनकुटा वडा ४ बस्ने ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो । प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौँबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैँले हत्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली गई उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।

श्रीमतीको हत्या गरी आफैँले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्