विराटनगरसँग चारलेन सडकले जोडिदै विराटचौक

विराटनगरसँग चारलेन सडकले जोडिदै विराटचौक

विराटनगर । प्रदेश राजधानी विराटनगर जोड्ने वैकल्पिक मार्ग मानिएको घिनाघाट–विराटचौक चारलेन सडक विस्तारमध्ये दश किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ । तीन प्याकेजमा सम्झौता भई निर्माण भईरहेको सडकमध्ये नेताचौक–मिलनचौक सडक खण्डको दश किलोमिटरको काम ९६ प्रतिशत सम्पन्न भएको हो ।

श्रेष्ठ–रमन–एपेक्स जेभी निर्माण कम्पनिले बिराटचौक–नेताचौक र नेताचौक–मिलनचौकका दुईवटा प्याकेजमा काम गरिरहेको छ । यस खण्डको २० किलोमिटरमध्ये निर्माणाधिन चरणमा रहेको विराटचौक–मिलनचौक सडक खण्डको दश किलोमिटर आगामी बैशाखसम्ममा सम्पन्न हुने दावी गरिएको छ । यो खण्डमा तीन किलोमिटर सडक कालोपत्रे भईरहेको श्रेष्ठ कन्ट्रक्सनका साइड इन्जिनियर उज्वनकृष्ण मानन्धरले जानकारी दिनुभयो ।

सडक सीमा भित्र रहेका विद्युतका पोल सार्न ढिलाई भएका कारण विराटचौक बजार क्षेत्रको काम ढिलाई भईरहेको मानन्धरको भनाई छ । बाँकी क्षेत्रमा ‘स्टक्चर’ को काम पूरा भएकोले कालोपत्रे काम मात्री बाँकी रहेको छ । मानन्धरका अनुसार भौतिक प्रगति ६० प्रतिशत भएको सो सडक निर्माण सम्झौता ६० करोडमा भएको हो । जसमध्ये ५० प्रतिशत रकम निकासा भएको छ । बाँकी रकम निकास भईहाल्यो भने बैशाखसम्ममा सबै काम सम्पन्न हुनेछ, मानन्धरले भन्नुभयो–आगामी असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार लक्ष्य हाँसिल हुने अपेक्षा राखेका छौं ।
पुष्पलालचौक–घिनाघाट जोड्ने पुलसहित दुईकिलोमिटर सडकको काम लामा–बानिया जेभीसँग सम्झौता भएको छ । ३८ करोड लागतमा पुलसहित दुईकिलोमिटर सडक कालोपत्रे गरिनेछ । जसमध्ये सडक ग्राभेलको चरणमा पुगेको र पुलको बेश तयार पारिएकोले असारसम्ममा काम सम्पन्न गर्ने दावी गरिएको छ ।

प्रदेश सरकारको गौरवको आयोजना मानिएको यो सडक प्रादेशिक संरचना बनेपछिको मोरङका लागि पहिलो सडक आयोजना मानिन्छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले यसको नियमन गर्दै आएको छ । पूर्वाधार विकास कार्यलयका प्रमुख राजनराज रेड्डीका अनुसार २२ किलोमिटरमध्ये समग्र भौतिक प्रगति ७० प्रतिशत र वित्तिय भुक्तानी प्रगति ६० प्रतिशत भएको छ । मिलनचौक–विराटचौकको २० किलोमिटर सडक बैशाखसम्ममा र मिलनचौक–घिनाघाट पुलसहितको दुई किलोटिमर सडक असारसम्म सम्पन्न हुने प्रमुख रेड्डीले दावी गर्नुभयो ।
कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि गतवर्ष जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य नरोकिएका कारण तोकिएको म्याद भित्र कार्यसम्पन्न हुने दावी गरिन्छ ।
जम्मा दुरी २२ किलोमिटरमध्ये एक अर्ब २० करोड रुपिँया लागतमा निर्माणाधिन २० का दुईवटा प्याकेज र पुलसहित दुई किलोमिटरको लामा–बानियाँ प्याकेज ३८ करोडमा निर्माण सम्पन्न गर्ने योजना राखिएको छ ।

साइड क्लियर समयमै नहुँदा विराटचौक–मिलनचौकका काम ढिलो भएपनि आगामी असारसम्ममा सडकको काम सम्पन्न हुने ठेकेदार कम्पनिको दावी अनुसार पूर्वाधार विकास कार्यालयले सहजीकरण गरिरहेको छ ।
नेताचौक–मिलनचौक खण्डका प्रोजेक्ट मेनेन्जर भरत कार्कीले कालोपत्रेको काम सम्पन्न भएको अब रङ्गरोगन गरेर सडक हस्तान्तरण गरिने बताउनुभयो । ६० करोडमध्ये अझै ६ करोड रुपिँया भुक्तानी पाउने बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
चारलेनमा विस्तार गरिने सडककलाई वस्ती क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटरमा सीमा क्षेत्र कायम गरि मध्यभागबाट दुवैतर्फ ३५÷३५ फिट कालोपत्रे गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्