जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा । झापाको दमक नगरपालिका वडा ३ बस्ने ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

मंगलबार राती करिब ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक वडा ३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटीएको थियो।

मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्