सवारी दुर्घटना २ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटना २</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । १ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा १ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक माङसेबुङ गाउँपालिका वडा ३ बस्ने २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई मृतकको शव उद्धार गरेको तथा घटना बारेमा अन्य थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका वडा ७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र विपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका करिब ७ बजे एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको झापाको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्