विराटनगरस्थित ओम वेलनेस अस्पतालको बिशेष स्वास्थ्य योजना

विराटनगरस्थित ओम वेलनेस अस्पतालको बिशेष स्वास्थ्य योजना

विराटनगर । विराटनगर–२ बरगाछीस्थित सौगात मार्गमा अवस्थित रहेको ओम वेलनेस अस्पतालले बिशेष स्वास्थ्य योजना ल्याएको छ ।

अस्पतालले प्राकृतिक चिकित्सा पद्दती सहितको बिशेष स्वास्थ्य योजना ल्याएको हो । कोभिड–१९ संक्रमणपछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्याबाट मुक्त वनाउनका योजना ल्याईएको अस्पतालले जनाएको छ । योजना अन्तर्गत बिरामीहरुले कोभिड–१९ संक्रमणपछि बिरामीमा देखिने शारिरिक र मानसिक समस्याबाट छुटकारा पाउन स्टिम बाथ, जलनेती, जडिबुटी समिश्रणबाट निर्माण गरिने पोट्ली मसाज र डाक्टरसँगको अन्तरक्रिया लगायतका सेवाहरु प्राप्त गर्नेछन् । कोभिड महामारीले मानसिक रुपमा पुर्याएको असरबाट निदान पाउनका लागि यो उपचार पद्धति सरल र सुलभ रहेको डा. नम्रता सापकोटाले बताईन् ।

विराटनगरका स्थानिय बासिन्दालाई लक्षित गरि माघ मसान्तसम्मका लागि ल्याईएको उक्त योजना प्रत्येक बिरामीका लागी २ दिन सञ्चालन गरिने अस्पतालले जनाएको छ । अस्पतालले बिशेष छुट सहित मात्र रु. २ हजारमा उपचार गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्