प्रेस सेन्टरको १८ औं स्थापनामा दुईवटा आश्रममा मास्क तथा सेनिटाइजर वितरण

प्रेस सेन्टरको १८ औं स्थापनामा दुईवटा आश्रममा मास्क तथा सेनिटाइजर वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस सेन्टर मोरङको आयोजनामा आश्रममा बस्ने आश्रितलाई सहयोग पुग्ने गरि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो ।

सेन्टरले पूर्वाञ्चल बालआश्रममा एकहजार ५०० मास्क र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार मास्क वितरण गरेको मोरङका सचिव हरी अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार प्रेस सेन्टर नेपाल प्रदेश १ का वरिण्ठ उपाध्यक्ष नवराज कट्टेल र मोरङका अध्यक्ष अर्जुनकुमार आचार्यले मास्क तथा सेनिटाइजर हस्तान्तरण गर्नु भएको थियो ।

पूर्वाञ्चल बाल आश्रममा ८० जना आश्रित बालबालिका छन् । यसैगरी मानव सेवा आश्रममा समेत ८० जना असाह्य नागरिकलाई संरक्षण गरेर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्