उदयपुरमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्य, दुई जना घाइते

<span class='c1'>उदयपुरमा ट्याक्टर दुर्घटनामा एक बालकको</span> <span class='c2'>मृत्य, दुई जना घाइते</span>

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेत जोतेर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएका स्थानीय सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएराती ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
घाइते निमिषको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्