लडेर २ जनाको मृत्यु

<span class='c1'>लडेर २</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउसो करिब १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका वडा ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन ब.बिश्वकर्माको लडेर मृत्यु भएको छ ।

यसै गरी शनिबार करिब १ बजे झापा मेचिनगर नगरपालिका वडा ३ दुधे गोलाटार का ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार बेलुका करिब ३ बजे मृत्यु भएको छ ।

घटना बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्