बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

विराटनगर । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल पाउँछ । यो संसारमा कहिँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु । यसपल्ट धरानमा खेलाडीहरुले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए । उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको दावी गरे ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले प्रदेश एकको समृद्धिमा जोड दिएर यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै भने, “हामीले प्रदेश एकको समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागेका हाँै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्