विराटनगरको कोशी अस्पतालले सुरु गर्‍यो फोहोरबाट बायोग्यास उत्पादन

<span class='c1'>विराटनगरको कोशी अस्पतालले सुरु</span> <span class='c2'>गर्‍यो फोहोरबाट बायोग्यास उत्पादन</span>

विराटनगर । पुर्ण सरसफाईको लक्ष्य सहित विराटनगरस्थित कोशी अस्पतालले फोहोर प्रशोधन गरि बायो ग्यास उत्पादन सुरु गरेको छ ।

व्यवस्थित रुपमा प्लान्ट निमार्ण गरेर अस्पतालले प्रशोधित फोहोरमैलाबाट बायो ग्यासको उत्पादन सुरु गरेको हो । अस्पतालको प्रसुति गृहबाट दिनहुँ निस्कने सालनाल, खानेकुरा अन्य स्वास्थ्यजन्य फोहोरमैलालाई प्रशोधन गरि बायो ग्यासको उत्पादन सुरु गरिएको अस्पतालले जनाएको छ । बायो ग्यास उत्पादनका निम्त्ति अस्पतालले उत्तरपट्टीको डायग्नोसिस सेन्टर पछाडि अक्सिजन प्लान्टसँगै फोहोरमैला प्रशोधन केन्द्र निमार्ण गरेको छ । फोहोरमैला प्रशोधनका निम्त्ति ५० घनमिटर क्षमताको ग्यास आउटलेट बनाईएको छ । अस्पतालबाट निस्किने सालनाल र त्यसबाहेकका अन्य फोहोरमैला प्रशोधनका निम्त्ति बेग्लाबेग्लै इन्लेट तयार पारिएको छ । इन्लेटमा राखिएका फोहोर आउटलेट अर्थात् बायो डाईजेष्टरमा पठाएपछि बायो ग्यास उत्पादन हुने गर्दछ । यसरी उत्पादित बायोग्यास हाल अस्पतालले आन्तरिक रुपमै खपत गरिरहेको छ । बायोग्यासको थप उपयोग सम्बन्धमा अतिरिक्त योजना तयार पार्ने कार्य भईरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले भने, ‘हाल हामीले अस्पतालमै खपत हुनेगरि उत्पादन गरिरहेका छौं । बाहिर पठाउने वा बजारमा बिक्री गर्ने बिषयमा छलफल जारी छ ।’

नेपाल सरकारको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको मापदण्डमा आधारित कोशी अस्पतालको बायो प्लान्ट विराटनगरको भगवती बायो ग्यास तथा उर्जा विकास कम्पनीले निमार्ण गरेको हो । उक्त प्लान्टमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र कोशी अस्पतालको संयुक्त लगानी छ । प्लान्ट निमार्णका लागि कोशी अस्पतालले ५ लाख लगानी गरेको छ भने केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ । निर्मित प्लान्ट दैनिक ३०० केजी फोहोर प्रशोधन गर्न सक्ने क्षमताको भएको निमार्ण कम्पनीका सञ्चालक दिवाकर निरौलाले बताए । उनले दैनिक ८ देखि ९ घण्टा चुल्हो बाल्न पुग्ने गरि कोशी अस्पतालको प्लान्टले बायोग्यास उत्पादन गरिरहेको जानकारी दिए ।

विराटनगरस्थित कोशी अस्पतालमा यसअघि फोहोरमैला व्यवस्थापनको उचित प्रबन्ध थिएन् । अस्पतालको विभिन्न कुनाकाप्चा र उत्तरपट्टी रहेको पानी टयाङ्की छेउमा जथाभाबी फोहोर फाल्ने गरिएको थियो । प्लास्टिकले छोपेर तथा जस्तापाताले घेरेर फोहोरमैला राख्ने गरिएको थियो । तर, बायो ग्यास उत्पादनका निम्त्ति प्रविधि भित्रिएपछि अस्पतालबाट निस्कने फोहोरहरु हाल व्यवस्थित रुपमा भण्डारण गर्ने गरिएका छन् । यसबाट फोहोरमैला व्यवस्थापनको नाममा मासिक रुपमा खर्च हुने ठुलो रकम जोगिनुका साथै पुनः प्रयोग गर्न सकिने फोहोरमैलाहरु रिसाईकल गर्ने बाटो समेत खुलेको अस्पताल विकास समितिका अध्यक्ष महेश प्रसाद भट्टराईले बताए । उनले बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि हाल अस्पतालको फोहोरमैला व्यवस्थापन खर्च पनि ५० प्रतिशतमा झरेको जानकारी दिए । ‘पहिले यो ठाउँमा नाक थुनेर हिँडनुपर्ने अवस्था थियो । ठुलो संघर्षपछि प्लान्ट निमार्ण भएको हो,’ उनले भने, ‘२२ वटा ट्रयाक्टर लगाएर यहाँको फोहोर अन्यत्रै स्थानान्तरण गरेर व्यवस्थापन गरेपछि प्लान्ट निमार्ण भएको हो । हाल फोहोरमैला व्यवस्थापनको मासिक खर्च पनि निकै घटेर गएको छ । खर्च २५ प्रतिशतमा झार्ने लक्ष्य छ ।’

अस्पताल प्रशासन र विकास समितिको संयुक्त संघर्षले फोहोरमैला व्यवस्थापनको सवालमा कोशी अस्पतालमा ठुलो परिवर्तन आएको कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि पछिल्लो समय फोहोरबाटै सर्ने विभिन्न संक्रमणजन्य रोगको जोखिम समेत न्यूनीकरण भएको उनीहरुको भनाई छ । आगामी दिनमा अस्पतालले भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीको उपचारमा प्रयोग गर्ने विभिन्न औजार तथा स्वास्थ्य उपकरणको निर्मलीकरण पनि बायोग्यासबाटै गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्