इटहरी । इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद गठन गरेको छ ।
उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो ।
परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ । सदस्यहरुमा रीता ताम्राकार,सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला,प्रकाश सुब्बा,हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ ।
यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासकालागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गर्नुभयो ।