प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

<span class='c1'>प्रतिवन्धित लागुऔषध सहित</span> <span class='c2'>७ जना पक्राउ</span>

धरान । सुनसरीको धरान उप(महानगरपालिका–१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान(१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान(१९ का २६ बर्षीय जनम मगर, धरान(३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन ।

संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्