मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो ।

दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गर्नुभयो । मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका संञ्चालक राउतले बताउनुभयो ।

एम्बुलेन्स ग्रहण गरी मेयर राउतले वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी दिनु भएको थियो । अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भएपनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेको भन्दै मेयर राउतले प्रालिका सञ्चालक राउतलाई धन्यवाद दिनुभयो ।
सिमेण्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । मारुती सिमेण्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरीरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ ।
वडाध्यक्ष थापा मगरले प्रालिले पूर्वधार बिकास, बिधुत लगायत तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिने समेत गरिरहेको जानकारी दिनुभयो । हाल ३० स्थानीयले गाउँमै प्रालिबाट रोजगारी पाईरहेको पनि वडाध्यक्ष मगरले बताउनुभयो ।

एम्बुलेन्सका लागि आवश्यक ईसिजी मोनिटर र अक्सिजन सिलिण्डर लगायतका एकलाखबढीको सहयोग प्रालिले पुनः थप गर्ने प्रालिका संञ्चालक राउतले प्रतिवद्धता जनाउनुभएको छ । नेपाल सरकारबाट राजश्व छुटमा ल्याईएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा १४ का अलावा आसपासका स्थानीयले सेवा लिन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्