चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

रबिन्द्र बराल
रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि महिलालाई पक्राउ गरेको थियो । गोप्य सुचनाको आधारमा आईतबार दिउँसो ३ बजे सिटी सफारीमा सवार सुनवर्षी नगरपालिका ९ बस्ने वर्ष २९ की मन्जु सहनीले भारतबाट नेपाल ल्याउँदै गर्दा गहना पक्राउ गरिएको थियो ।

प्रहरीले ठुलो पायल २० थान, सानो पायल ११८ थान, टिकटक पायल १४ थान, खुल्ला पायल १६६ थान र पातलो पायल २४६ थान गरि अन्दाजी सात केजी चाँदी नियन्त्रणमा लिइएको छ । सात लाख मूल्य बराबरको चाँदीसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्