जग्गादाताको शोकमा इटहरीमा सार्वजानिक विदा

<span class='c1'>जग्गादाताको शोकमा इटहरीमा</span> <span class='c2'>सार्वजानिक विदा</span>

इटहरी । इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । उपमहानगरपालालिका परिसरमा विहान शोकसभा गरेर विदा दिइएको हो ।

चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहदै करिव तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व. हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रसंशा गर्नुभयो । उहाँले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिग इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने वताउनुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका वारेमा वताउदै जग्गादाताका नाममा स्मृति भवन, सभाहल वनाउने नीतिगत निर्णयनै भएको जानकारी गराउनुभयो । वडानम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक ब्यक्तित्व समेत रहेको प्रष्ट पार्नुभयो । स्व चौधरीको परिवारका तर्फवाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोकसभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

इटहरीउपमहानगरपालिका,इटहरी अस्पताल,राधाकृष्ण मन्दिर,वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्