इटहरी । इटहरी वडा नम्वर १६ र १७ का ३ सय परिवारलाई राहत वितरण गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडित अति विपन्न परिवार,एकल महिला,दलित तथा अपाँगताभएकाहरुलाई राहत प्रदान गर्नुभयो ।
प्रति परिवार ३० केजी चामल,ब्लाङकेट,दुई केजी नुन,दुईकेजी दाल,दुई लिटर तेल,मास्क,सेनिटाइटर वितरण गरिएको आसमान नेपालका सल्लाहकार गुरु प्रसाद सुवेदीले वताउनुभयो ।