उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा ७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका वडा ७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । आज दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उक्त वालकको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।