धनपालथानमा मृतक भेटिएका श्रेष्ठ र चौधरीका अर्का साझेदार लिम्बु पनि शव भेटियो

<span class='c1'>धनपालथानमा मृतक भेटिएका श्रेष्ठ र चौधरीका</span> <span class='c2'>अर्का साझेदार लिम्बु पनि शव भेटियो</span>

विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाले पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला पारेको हो ।

यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिल कुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पारेको बताइएको छ। तर, मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले यस विषयमा मोरङ प्रहरीलाई जानकारी आईनसकेको दावी गर्नुभयो । लिम्बुको शव पाँच फिट तल ढलान गरेर गाडेको अवस्थामा फेला परेको थियो । मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी थिए ।

यस अगाडी माघ १३ र १४ गते धनपालथानको उखुबारीमा दुईजनाको शव फेला परेको थियो । त्यसमध्ये १४ गते फेला परेको शव धरान–३ का राजेन्द्रकुमार श्रेष्ठ र १३ गते फेला परेको शव सप्तरीका शम्भुनाथ चौधरीको रहेको खुलेको थियो । यी तीनैजना समान कारोबारमा जोडिएको प्रहरीको दावी छ । पक्राउ परेका मण्डल समेत जग्गा कारोबारी नै रहेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्